Friday, 9 August 2013

बगी जाने पानी न हो हाम्रो जिन्दगानि

बगी जाने पानी न हो हाम्रो जिन्दगानि
किन आँसु दिन्छौ दैव तिमी जानी जानी||
दु:खी जती जमाउछन आँसु नयन भरी
कोही भने रम्दै हुन्छन सुख चयन गरी
भाग्य पनि लेखिएछ मान्छे छानी छानी)
किन आँसु दिन्छौ दैव तिमी जानी जानी||
अभाव को खाडल भित्रै जिवन भासिदै छ
आसाको त्यो मुहान सुकी झनै मासिदै छ
*दु:खिको त जिन्दगी नै हैन जस्तो ठानी
किन आँसु दिन्छौ दैव तिमी जानी जानी||
*बगी जाने पानी न हो हाम्रो जिन्दगानि
किन आँसु दिन्छौ दैव तिमी जानी जानी

No comments:

Post a Comment