Friday, 9 August 2013

जग बिना बनाएको महल को के काम?

जग बिना बनाएको महल को के काम?
दुनिया मारी बनेको सफल को के काम?
मटो संगै देश बोल्छ सुन्नु पर्छ गजलमा,
बहिरा लाइ सुनाएर गजल को के काम?
समस्याको समाधान पहिले देखि सोच्नु पर्छ,
बिनास पछि गरिने त्यो पहल को के काम?
अटुट रुपमा सम्झना ले सताइ रहन्छ यदि भने,
मायालु को साथ बिना को हर पल को के काम?
जानै पर्छ खाडी तिर ताप सहनै पर्छ भने,
ताप्लेजुङ को एकनासे त्यो शीतल को के काम?

No comments:

Post a Comment