बनाउनेले क्या गजब बनाई दियो
जिन्दगी तँलाई दियो मलाई दियो
दिल पनि त दलाली गर्दो रहेछ
हिजो राख्यो र आज हटाई दियो
जति पटक कुरा लुकाएर हिंडे
त्यति पटक आँखाले बताई दियो
आज पनि बस्तीमा तुफान आएर
आफ्नो खेल तमाशा देखाई दियो
अब ऊ गाउँमा रित्तो रित्तो फर्किंदैछ
एउटा दिल थियो शहरमा हराई दियो
जिन्दगी तँलाई दियो मलाई दियो
दिल पनि त दलाली गर्दो रहेछ
हिजो राख्यो र आज हटाई दियो
जति पटक कुरा लुकाएर हिंडे
त्यति पटक आँखाले बताई दियो
आज पनि बस्तीमा तुफान आएर
आफ्नो खेल तमाशा देखाई दियो
अब ऊ गाउँमा रित्तो रित्तो फर्किंदैछ
एउटा दिल थियो शहरमा हराई दियो
No comments:
Post a Comment