Friday, 9 August 2013

अभाकी हरि भण्डारी

=====अभाकी हरि भण्डारी ==
नसोध मेरो जीवनको कथा ,धेरै
लामो कहानी छ
हार्नुमा मैले बारम्बार
मेरै ,आफन्ताको बैमानी छ
शहरी भए सस्कारमा लात ,हान्दै मान्ने
गुन्नेहरु
पौरखी मेरा बाउ-
आमाको ,पेसा खेती किशानी छ
गाउँ रहेन गाउँ
... जस्तो धन ,सम्पति भो ठुलो कुरा
बिग्रेको घर
भत्केको चाला,आत्मियता फडानी छ
रात बिरात लिलाम भा'छ,अङ्ग प्रत्यंग
जननीको
हैसेमा हाइ
होड्बाजी वारी,पारी भूमि चलानी छ
देश रहे पो पहिचान
हाम्रो,रहला यो स्वाभिमान
नरहे देश जातजाति कहाँ,अस्तित्व नै
खरानी छ
बिरत्व त्याग बलिदान पुर्खा,गोर्खाली
को इतिहाँस
कर्तब्य थोप्नु कलममा हाम्रो,लाचारीपन
नादनी छ

No comments:

Post a Comment