Friday, 9 August 2013

पसिना संग पैसा साट्दै छु सानु ।

पसिना संग पैसा साट्दै छु सानु ।
दुःख सुख यहाँ दिन काट्दै छु सानु ।।
को नै हुन्छ र यहाँ साथी भाई आफ्नो ।
अन्ध्यारोमै ऐक्लै यहाँ रूदै छु सानु ।।
मन कसलाई हुन्छ घर छोड्न आफ्नो ।
फर्कने दिन म यहाँ गन्दै छु सानु ।।
सपना त ठुलै थिए संगै हास्दै बाच्ने ।
समुन्द्र पारी मुटुमा गँाठो पार्दै छु सानु ।।
आउला कि दिन जोडी बनि हिड्ने ।
मिठो सपना मनमा साच्दै छु सानु ।।
पसिना संग पैसा साट्दै छु सानु ।
दुःख सुख म यहाँ दिन काट्दै छु सानु ।।

1 comment: