भोगी सकेको छु, चेती सकेको छु !
मैले जिन्दगीनै , बेची सकेको छु !!
जे जे थिए मेरा, ती सपना हरु !
आत्मकथा भित्र,लेखि सकेको छु !!
तिमी ईश्वर खोज्दै, मन्दिर दौडिन्छौ !
मैले त्यो ईश्वर , भेटि सकेको छु !!
साँच्चै स्वार्थी रैछ, भगवान पनि !
मैले अब ढोग्न, छोडी सकेको छु !!
यहाँ भन्दा धेरै, जान्नु छैन मलाई !
तिम्रो त्यो चरित्र, पढी सकेको छु !!
"अन्योल" खै भन्दै, नसोध्नु निष्ठूरी !
तिम्रा लागित म, मरी सकेको छु !
मैले जिन्दगीनै , बेची सकेको छु !!
जे जे थिए मेरा, ती सपना हरु !
आत्मकथा भित्र,लेखि सकेको छु !!
तिमी ईश्वर खोज्दै, मन्दिर दौडिन्छौ !
मैले त्यो ईश्वर , भेटि सकेको छु !!
साँच्चै स्वार्थी रैछ, भगवान पनि !
मैले अब ढोग्न, छोडी सकेको छु !!
यहाँ भन्दा धेरै, जान्नु छैन मलाई !
तिम्रो त्यो चरित्र, पढी सकेको छु !!
"अन्योल" खै भन्दै, नसोध्नु निष्ठूरी !
तिम्रा लागित म, मरी सकेको छु !
No comments:
Post a Comment