तिमीलाई बिर्सिएको त्यो दिन अन्तिम होस्,
तिमीलाई नदेखेको त्यो दिन अन्तिम होस् । कहीकतै झ्यालबाट चिहाउने पो हो कि,
तिम्रो याद नआएको त्यो दिन अन्तिम होस् । धैरै हाँस्ने,थोरै बोल्ने, त्यो घातक
बानी छ,
तिम्रो फोटो नहेरेको त्यो दिन अन्तिम होस् । तिम्रो साथ
मेरा लागि अँध्याराको दिप भयो,
तिम्ले मलाई छाडेको त्यो दिन अन्तिम होस् । मैले वाचा गरिरा'छु,पालो अब तिम्रो,
तिम्ले नाता तोडेको त्यो दिन अन्तिम होस् ।
No comments:
Post a Comment