हाँस्नलाई बहाना खोज्दैछु
रुनलाई तिरस्कार गर्दैछु
जल्दिन तिम्रो यादमा
बिर्सन सरासर खोज्दैछु
हाँस्नलाई बहाना खोज्दैछु
आखिर के नै छ र ?
तिम्रो गुन तिर्नु पर्ने
एकान्तमा तारा गन्दै
एकोहोरो जुनमा हेर्नु पर्ने ?
दुष्कर्म तिम्रा तिरस्कार गर्दैछु
सुकर्मले जीवनलाई सिङ्गार्न खोज्दैछ
No comments:
Post a Comment